शिक्षक महासंघ काठमाडौँ जिल्ला समितिमा सर्वसम्मत नेतृत्व

हिमाल प्रेस २१ असार २०८३ १२:४४ | Sunday, July 5, 2026
18
SHARES
शिक्षक महासंघ काठमाडौँ जिल्ला समितिमा सर्वसम्मत नेतृत्व

काठमाडौँ- नेपाल शिक्षक महासंघले पहिलोपटक जिल्ला समिति काठमाडौँ गठन गरेको छ। समितिको संस्थापक अध्यक्षमा गणेशप्रसाद गुरागाईं सर्वसम्मत चयन भएका छन्।

यसअघि नेपाल राष्ट्रिय शिक्षक संगठन, काठमाडौँ महानगर कमिटीको अध्यक्ष भइसकेका गुरागाईंको नेतृत्वमा २७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको महासंघले जनाएको छ।

कार्यसमितिको सहअध्यक्षमा कृष्णराज कट्टेल, उपाध्यक्षमा वासुदेव खनाल, महिला उपाध्यक्षमा तारा अधिकारी, सचिवमा नारायणप्रसाद गौतम, खुला सहसचिवमा समुन्द्र तिमल्सिना, सहसचिव (अर्थ) मा गोविन्दप्रसाद पौडेल, महिला सहसचिवमा अनिता अधिकारी तथा संस्थागत सहसचिवमा दिवसबाबु पोखरेल र रामहरि ढकाल चयन भएका छन्।

सदस्यहरूमा सूर्यबहादुर खड्का, चक्रबहादुर विष्ट, भगवती सिलवाल, सरिताकुमारी प्रसाईं, श्रवण बस्नेत, तारा मिश्र, सुमित्रा सिग्देल, बबिता साही ठकुरी, दिनेश लामा, भरत भण्डारी, सृजना खड्का गिरी, सूर्यकुमार उपाध्याय, डिल्लीराज ज्ञवाली, विनोद खनाल, सुशीला खनाल, वीरबल्लभ घिमिरे र तेजेन्द्र सुवेदी रहेको जनाइएको छ।

महासंघका राष्ट्रिय अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, महासचिव तुलाबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगनका राष्ट्रिय अध्यक्ष हंशबहादुर शाही, नेपाल शिक्षक संगठका केन्द्रीय अध्यक्ष सोमनाथ गिरी, विद्यालय कर्मचारी परिषद्का केन्द्रीय अध्यक्ष गंगाराम तिवारीलगायत शिक्षक नेताहरूको उपस्थिति थियो।

प्रकाशित: २१ असार २०८३ १२:४४ | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast