काठमाडौँमा शिक्षक महासंघ जिल्ला समिति गठन, अध्यक्षमा गणेशप्रसाद गुरागाईँ

हिमाल प्रेस २१ असार २०८३ १०:३८ | Sunday, July 5, 2026
8
SHARES
काठमाडौँमा शिक्षक महासंघ जिल्ला समिति गठन, अध्यक्षमा गणेशप्रसाद गुरागाईँ

काठमाडौँ- नेपाल शिक्षक महासंघको काठमाडौँ जिल्ला समिति पहिलोपटक गठन गरिएको छ। शुक्रबार आयोजित जिल्ला अधिवेशनले गणेशप्रसाद गुरागाईँको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गुरागाईँ अध्यक्षमा चयन भएका हुन्। उनी यसअघि नेपाल राष्ट्रिय शिक्षक संगठन, काठमाडौँ महानगर समितिका अध्यक्ष थिए।

नवनिर्वाचित कार्यसमितिको सहअध्यक्षमा कृष्णराज कट्टेल, उपाध्यक्षमा वासुदेव खनाल, महिला उपाध्यक्षमा तारा अधिकारी, सचिवमा नारायणप्रसाद गौतम, खुला सहसचिवमा समुन्द्र तिमल्सिना, अर्थ सहसचिवमा गोविन्दप्रसाद पौडेल, महिला सहसचिवमा अनिता अधिकारी तथा संस्थागत सहसचिवमा दिवसबाबु पोखरेल र रामहरि ढकाल चयन भएका छन्।

यसैगरी सदस्यहरूमा सूर्यबहादुर खड्का, चक्रबहादुर विष्ट, भगवती सिलवाल, सरिताकुमारी प्रसाईँ, श्रवण बस्नेत, तारा मिश्र, सुमित्रा सिग्देल, बविता साही ठकुरी, दिनेश लामा, भरत भण्डारी, सृजना खड्का गिरी, सूर्यकुमार उपाध्याय, डिल्लीराज ज्ञवाली, विनोद खनाल, सुशीला खनाल, वीरबल्लभ घिमिरे र तेजेन्द्र सुवेदी रहेका छन्।

कार्यक्रममा महासंघका महासचिव तुलाबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय अध्यक्ष हंसबहादुर शाही, नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरी, कर्मचारी परिषद्का केन्द्रीय अध्यक्ष गंगाराम तिवारीलगायत विभिन्न शिक्षक संगठनका नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संघठनका अध्यक्ष हंसबहादुर शाहीले महासंघको विधान, संरचना र नीतिमा व्यापक सुधार आवश्यक रहेको बताए।

उनले महासंघलाई सम्पूर्ण शिक्षकहरूको साझा र विश्वासिलो संस्था बनाउन दुई वर्षअघि भएको सातबुँदे सहमति अझै कार्यान्वयन हुन नसकेको भन्दै केन्द्रीय नेतृत्वप्रति असन्तुष्टि जनाए।

नवनिर्वाचित अध्यक्ष गुरागाईँले जिल्ला समिति गठनसँगै काठमाडौँका शिक्षकहरूको हकहित संरक्षण, पेसागत एकता सुदृढीकरण तथा महासंघका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २१ असार २०८३ १०:३८ | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast