नेपाल फुटबल लिग आयोजना हुँदै

हिमाल प्रेस ३० असोज २०८३ १६:२१ | Friday, October 16, 2026
नेपाल फुटबल लिग आयोजना हुँदै

काठमाडौँ- नेपाली फुटबललाई व्यावसायिक बनाउने उदेश्यका साथ नेपाल फुटबल लिग (एनएफएल) आयोजना हुने भएको छ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच फागुन १ गतदेखि एनएफएल आयोजना गर्ने घोषणा गरिएको हो।

एनएफएलमा नेपाल सुपर लिग (एनएसएल) का सातवटै टोलीले सहभागिता जनाउने एनएफएलका अध्यक्ष कल्याण गुरुङले जानकारी दिए।

एनएफएलको पहिलो संस्करणमा काठमाडौं रेन्जर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र झापा एफसीको सहभागिता रहने र अन्य नयाँ टोलीलाई सहभागिताको आव्हान गरिने उनले बताए।

उनले लिगलाई केवल पुरुष श्रेणीमा मात्र नभई एकेडेमी, महिलालगायत सबै श्रेणी र क्याटेगोरीमा अगाडि लैजाने भन्ने दीर्घकालीन सोचका साथ अघि बढिएको बताए।

होम एन्ड अबे प्रणालीमा सञ्चालन गर्ने योजनाका साथ सुरु गर्न लागिएको प्रतियोगिता चार महिनासम्म चल्ने एनएफएलले जनाएको छ। क्लबहरुको अग्रसरतामा घरेलु फुटबललाई चलायमान बनाउन एनएफएल आयोजना गरिएको बताइएको छ।

प्रकाशित: ३० असोज २०८३ १६:२१ | Friday, October 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast