पत्रकार र सञ्चारमाध्यमलाई त्रासमा राख्ने सरकारको ध्येय छैन : सञ्चारमन्त्री

हिमाल प्रेस २१ असार २०८३ १३:२२ | Sunday, July 5, 2026
16
SHARES
पत्रकार र सञ्चारमाध्यमलाई त्रासमा राख्ने सरकारको ध्येय छैन : सञ्चारमन्त्री सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

नेपाल पत्रकार महासंघद्वारा ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका हुन्। सरकारले साइबरसँग सम्बन्धित विषयमा हस्तक्षेप गर्नै नपर्ने अवस्था सिर्जना गर्न सञ्चारमाध्यमहरुसँग आग्रह गरे।

‘हामी पत्रकारिताको क्षेत्रलाई साइबर कानून वा अन्य कुनै कानूनको प्रयोग गरेर त्रसित पार्न अथवा दबाब सिर्जना गर्न सरकारमा आएका होइनौँ। यो कुरा स्पष्ट रूपमा बुझ्न आग्रह गर्दछु’, उनले भने, ‘तपाईँहरूले साइबरसँग सम्बन्धित विषयहरू के–के हुन् भन्नेकुरा पनि जानकारीमा राख्नुपर्छ। सरकारले त्यस्ता विषयमा हस्तक्षेप गर्नै नपर्ने अवस्था बन्यो भने त्यो सबैभन्दा राम्रो हुन्छ ।’

मन्त्री तिमिल्सिनाले पत्रकारिताको क्षेत्रमा गलत ढङ्गले हस्तक्षेप गरियो भने त्यसको परिणाम सहज हुँदैन भन्नेकुरामा सरकार जानकार रहेको स्पष्ट पारे। पत्रकारिताको क्षेत्रमा अनुचित हस्तक्षेप गर्ने सरकारको कुनै सोच, नीति वा उद्देश्य नरहेको उनको भनाइ छ।

‘पत्रकारिताको क्षेत्रमा गलत ढङ्गले हस्तक्षेप गरियो भने त्यसको परिणाम सहज हुँदैन भन्नेकुरा सरकारलाई राम्रोसँग थाहा छ । तर सरकार विभिन्न पक्षप्रति जवाफदेही हुनुपर्ने बाध्यताका कारण कहिलेकाहीँ केही विषयमा फरक परिस्थिति सिर्जना हुनसक्छ’, उनले भने।

प्रकाशित: २१ असार २०८३ १३:२२ | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast