काठमाडौँ– लागुऔषधदेखि बलात्कार कसुरमा जेल परेर छुटेका व्यक्ति फेरि खैरो हेराइनसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–८ का ४१ वर्षीय सरोज गहतराज छन् । उनलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीबाट २३.५५० ग्राम खैरो हेरोइन बरामद भएको छ ।
उनी अर्जुनधारा–८ बाटै पक्राउ परेका हुन् । पक्राउ परेका गहतराज यसअघि ३१ वैशाख २०७१ मा बलात्कार कसुरमा पक्राउ परी ६ वर्ष कैद भुक्तान गरेर छुटेका थिए । त्यसपछि उनी २३ वैशाख २०८१ मा लागुऔषधसहित पक्राउ गरी १ वर्ष कैद भुक्तान गरेर छुटेका थिए ।
उनै गहतराज अहिले फेरि खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।
प्रकाशित: २१ असार २०८३ १३:३२ | Sunday, July 5, 2026
प्रतिक्रिया




