लामो समय प्रधानमन्त्री बनेर मोदीले राखे कीर्तिमान, बालेनको बधाई सन्देश

हिमाल प्रेस २७ जेठ २०८३ २२:१३ | Wednesday, June 10, 2026
24
SHARES
लामो समय प्रधानमन्त्री बनेर मोदीले राखे कीर्तिमान, बालेनको बधाई सन्देश

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहेकामा नरेन्द्र मोदीलाई बधाई ज्ञापन तथा शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले बुधबार साँझ सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीको उक्त ऐतिहासिक उपलब्धिप्रति शुभकामनासमेत व्यक्त गरेका हुन्छ। उनले लेखेका छन्, ‘तपाईँको सुस्वास्थ एवं निरन्तर प्रगतिको कामनासहित भारतीय जनताको समृद्धिको शुभकामना व्यक्त गर्दछु।’

प्रधानमन्त्री शाहले दुई देशबीच रहीआएको सम्बन्धको उच्च सम्मान गर्दै यसलाई थप सुदृढ गर्न आफू इच्छुक रहेको उल्लेख गरेका छन्।

नरेन्द्र मोदी भारतको इतिहासमै सबैभन्दा लामो समय लगातार निर्वाचित भएर सेवा गर्ने नेता बनेका छन्।

मोदीले सन् २०१४ मे महिनामा पहिलो पटक प्रधानमन्त्रीको पद सम्हालेका थिए। उनले २०२४ मा तेस्रो लगातार कार्यकाल पनि सुरक्षित गरेका छन्।

जुन १० मा उनले लगातार चार हजार तीन सय ९९ दिन पदमा बसेको कीर्तिमान पार गरेका हुन्। उनले भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूले बनाएको अघिल्लो रेकर्डलाई उछिनेका छन्।

नेहरू सन् १९५२ मे १३ मा प्रधानमन्त्री बनेका थिए र सन् १९६४ मे २७ सम्म पदमा रहेर कुल चार हजार तीन सय ९८ दिन सेवा गरेका थिए।

यस उपलब्धिपछि विश्व नेताहरूबाट मोदीलाई बधाईको ओइरो लागेको छ।

मोदीले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, ‘सार्वजनिक सेवा नै सुशासनको सबैभन्दा ठूलो मापदण्ड हो। जसले निरन्तर परिश्रम, विनम्रता, समर्पण र कर्तव्यभावका साथ काम गर्छ, उसले मात्र जनताको विश्वास जित्न सक्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast