काठमाडौँ- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दै छन्। यसअघि मंगलबार लामिछानेले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीन, भारतका विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित साहसँग भेटवार्ता गरेका थिए।
उक्त भेटमा नेपाल-भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श भएको बताइएको छ।लामिछानेलाई भाजपाले रेड कार्पेटसहित भव्य स्वागत गरेको थियो । लामिछानेसहितको टोली यही जेठ २२ गते स्वदेश फर्कनेछन्।
प्रकाशित: २० जेठ २०८३ ६:४७ | Wednesday, June 3, 2026
प्रतिक्रिया




