भेनेजुएला भूकम्प : १६४ जनाको मृत्यु, किन आयो भूकम्प?

हिमाल प्रेस ११ असार २०८३ १९:४५ | Thursday, June 25, 2026
8
SHARES
भेनेजुएला भूकम्प : १६४ जनाको मृत्यु, किन आयो भूकम्प? भेनेजुएलामा भूकम्पपछि क्षतिग्रस्त भवन, तस्बिर : एएफपी

काठमाडौँ- भेनेजुएलाको राजधानी कराकसमा केही सेकेन्डको अन्तरालमा आएका दुई ठूला भूकम्पले ठूलो क्षति पु¥याएका छ। पहिलो भूकम्प ७.२ म्याग्निच्युडको थियो भने दोस्रो ७.५ म्याग्निच्युडको। यो भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ।

समाचार एजेन्सी रोयटर्स र एएफपीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पका कारण मृत्यु हुनेको संख्या १६४ पुगेको बताएकी छन्।

भूकम्पमा परेर करिब एक हजार मानिस घाइते भएको बताइएको छ। यद्यपि भूकम्पका कारण योभन्दा धेरै ठूलो धनजनको क्षति र व्यापक विनाश भएको हुन सक्ने आशंका गरिएको छ।

अमेरिकाको जियोलोजिकल सर्भे (यूएसजीएस) का अनुसार मृतकको संख्या १० हजारभन्दा बढी हुन सक्ने सम्भावना ४४ प्रतिशत रहेको छ। भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सीले राष्ट्रका नाममा सम्बोधन गर्दै संकटकाल घोषणा गरेकी छन्।

भेनेजुएलामा लोडसेडिङ समस्या निकै सामान्य छ र भूकम्पपछि प्रभावित क्षेत्रहरूमा इन्टरनेट सेवामा पनि असर परेको छ, जसका कारण भूकम्प प्रभावित मानिसहरू र यसको प्रभावको जानकारी पाउन निकै कठिनाइ भइरहेको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सहयोगको प्रस्ताव गरेका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकाले भेनेजुएलामा खोजी तथा उद्धार टोली, चिकित्सा टोली र मानवीय सहायता परिचालन गरिरहेको बताएका छन्।

यो भनाई उनका उपविदेशमन्त्री क्रिस्टोफर ल्यान्डाउको त्यो वक्तव्यपछि आएको हो, जसपमा उनले अमेरिका भेनेजुएलाका अधिकारीहरूको सम्पर्कमा रहेको सहायता जुटाउने प्रक्रियामा रहेको बताएका थिए।

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सीले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा उनीसँगै गृहमन्त्री र नेशनल एसेम्बलीका प्रमुख एवं उनका भाइ जर्ज रोड्रिगेज पनि उपस्थित थिए।

डेल्सी यसै वर्षको जनवरीदेखि कार्यवाहक राष्ट्रपतिको रूपमा जिम्मेवारी सम्हालेकी छन्।

उनका अनुसार भूकम्पबाट भएको गम्भीर क्षतिका कारण भेनेजुएलाको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ।

यस भूकम्पमा धेरै भवनहरू भत्किएका छन् र मानिसहरू आफ्ना घरबाट निस्किएर सडकमा आएका छन्। त्यहाँका गृहमन्त्रीले मानिसहरूलाई आफ्ना घर खाली गर्न अपील गरेका छन्।

भूकम्प आएको समयमा भेनेजुएलामा राष्ट्रिय बिदा मनाइँदै थियो, त्यसैले धेरै मानिसहरू आफ्नै घरमा उपस्थित रहेको हुन सक्ने अनुमान छ। भूकम्प स्थानीय समयअनुसार बुधबार बेलुका ६ः०४ मा गएको थियो।

भेनेजुएलामा भूकम्प किन आयो?

भेनेजुएला त्यस्तो क्षेत्रमा अवस्थित छ, जहाँ भूकम्पको जोखिम सबैभन्दा बढी हुन्छ। यहाँ दुईवटा टेक्टोनिक प्लेटरू छन्– क्यारिबियन प्लेट र साउथ अमेरिकन प्लेट। यहाँ यी दुवै प्लेटहरू एकआसपमा जोडिन्छन्।

यूएसजीएसका अनुसार दुईवटा भूकम्पमध्ये दोस्रो र बढी शक्तिशाली धक्का यी प्लेटहरूको सीमा नजिक भएको हलचलका कारण आएको हो। यसको अर्थ प्लेटहरूबीच रहेको ‘फल्ट लाइन’ अर्थात् दराहरू, तेस्रो रूपमा खिस्रिन्छन्। जा यो खिस्रिने प्रक्रिया अचानक र तीव्र गतिमा हुन्छ, तब भूकम्प आउँछ।

प्रकाशित: ११ असार २०८३ १९:४५ | Thursday, June 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast