नेकपा एमालेको सचिवालय बैठक। फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेले आज बस्नेगरी संसदीय दल र सचिवालय बैठक बोलाएको छ। उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको भोलिपल्ट एमालेले संसदीय दल र सचिवालयका बैठक राख्न लागेको हो।
एमाले स्रोतका अनुसार संसदीय दलको बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्नेछ। आजै साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा एमाले केन्द्रीय सचिवालय बैठक बस्नेछ। पौडेल हिजो सुर्खेतबाट पक्राउ परेका हुन्। विवादित व्यवसायी दीपक भट्टसँग कनेक्सन देखिएपछि सम्पत्ति छानबिनका लागि पौडेललाई पक्राउ गरिएको बताइएको छ।
प्रकाशित: ९ असार २०८३ ११:१३ | Tuesday, June 23, 2026
प्रतिक्रिया




