एमाले उपाध्यक्ष पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति

हिमाल प्रेस ९ असार २०८३ १९:३६ | Tuesday, June 23, 2026
12
SHARES
एमाले उपाध्यक्ष पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ- सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले पौडेललाई सात दिन हिरासतमा राख्न म्याद थप गरेको हो।

आदेशबमोजिम पौडेललाई न्यायिक हिरासतमा पठाइएको विशेष अदालतले जनाएको छ।

एमाले उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले सोमबार सुर्खेतको वीरेन्द्रनगरबाट नियन्त्रणमा लिएको थियो। सुर्खेतबाट नेपालगञ्ज हुँदै गाडीमा मंगलबार काठमाडौँ ल्याइएका उनलाई विशेष अदालतमा पेस गरिएको थियो।

सम्पत्ति शुद्धीकरण विभागले पौडेलमाथि अनुसन्धान गर्न विशेष अदालतसँग सात दिनको म्याद थप गर्न माग गरेको थियो।

प्रकाशित: ९ असार २०८३ १९:३६ | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast