विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

हिमाल प्रेस २९ असार २०८३ १८:३६ | Monday, July 13, 2026
14
SHARES
विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ- सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप गरेको हो।

योसँगै विशेष अदालतले पाँचौँपटक म्याद थप गरेको हो। सम्पत्ति अनुसन्धान विभागले अनुसन्धान कार्य नसकिएको म्याद थपका लागि अदालतसँग अनुमति मागेको थियो।

गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विभागले पौडेलमाथि अनुसन्धान गरिरहेको छ। पौडेल गत असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए।

पौडेलकी पत्नीले उनको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदन खारेज भएको छ।

प्रकाशित: २९ असार २०८३ १८:३६ | Monday, July 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast