सम्पत्ति शुद्धीकरण : विष्णु पौडेलमाथि अनुसन्धान गर्न दोस्रोपटक म्याद थप

हिमाल प्रेस १५ असार २०८३ १७:५० | Monday, June 29, 2026
18
SHARES
सम्पत्ति शुद्धीकरण : विष्णु पौडेलमाथि अनुसन्धान गर्न दोस्रोपटक म्याद थप

काठमाडौँ- सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाका आरोपित पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको अनुसन्धानका लागि विशेष अदालतले दोस्रोपटक तीन दिन म्याद थप गरेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धानका लागि म्याद माग गर्दै विशेष अदालतमा पेस गरेपछि अदालतले सोमबार दोस्रोपटक तीन दिनको म्याद थप गर्ने आदेश दिएको हो।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि थप म्याद आवश्यक रहेको ठहर गर्दै तीन दिनको म्याद थप गरेको अदालत प्रशासनले जनाएको छ।

अदालतको आदेशअनुसार पौडेललाई न्यायिक हिरासतमा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाइनेछ।

प्रकाशित: १५ असार २०८३ १७:५० | Monday, June 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast