विशेष अदालतमा विष्णु पौडेलमाथि म्याद थपको बहस

हिमाल प्रेस ९ असार २०८३ १७:०७ | Tuesday, June 23, 2026
6
SHARES
विशेष अदालतमा विष्णु पौडेलमाथि म्याद थपको बहस

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई मंगलबार विशेष अदालतमा पेस गरिएको छ। पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको हो।

सम्पत्ति शुद्धीकरण अुनसन्धान विभागको पत्रका आधारमा सोमबार पौडेललाई सुर्खेतबाट प्रहरीले पक्राउ गरेको थियो। उनलाई मंगलबार काठमाडौँ ल्याइपुर्‍याइएको हो।

अदालतमा अहिले म्याद थपका लागि सरकारी वकिलहरूले र पक्राउ गर्नु गलत भन्दै पौडेलपक्षका वकिलहरूले बहस गरिरहेका छन्।

उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानका क्रममा पक्राउ गरिएको बताइएको छ।
उनलाई नियन्त्रणमा लिनुअघि विभागको टोलीले उनको निवासमा पनि छापा मारेको थियो।

प्रकाशित: ९ असार २०८३ १७:०७ | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast