कांग्रेस नेता कार्कीलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश

हिमाल प्रेस २५ साउन २०८३ १९:२९ | Monday, August 10, 2026
6
SHARES
कांग्रेस नेता कार्कीलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ- विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले कार्कीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

उनीमाथि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छुट दिई भ्रष्टाचार गरेको आरोप थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै कार्कीमाथि ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबी गरेको छ।

प्रकाशित: २५ साउन २०८३ १९:२९ | Monday, August 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast