रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : नेपाल

हिमाल प्रेस २३ जेठ २०८३ १७:१७ | Saturday, June 6, 2026
10
SHARES
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : नेपाल

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रोजगारी प्रवर्द्धनका क्षेत्रहरुलाई राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन्।

शनिबार काठमाडौँमा नेपाल सुनचाँदी कला व्यवसायी संघको अधिवेशन उद्घाटन गर्दै नेपालले रोजगारी नपाएर मानिसहरू संसारमा भौतारिनुपर्ने अवस्था रहेको भन्दै स्वदेशमा नै रोजगारी प्रवर्द्धनका क्षेत्रहरुलाई राज्यले प्राथमिकता दिनुपर्ने बताए।

उनले कुनै पनि व्यवसायमा प्रतिकूल असर नपरोस् भन्नका लागि विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए। उनले आफ्नै देशमा उत्पादन गर्न र उपभोग गर्दै विदेशमा निर्यात गर्न सके आयात केन्द्रित अर्थतन्त्र निर्यातमुखी हुने स्थिति बन्न सक्ने उल्लेख गरे। देशको अर्थतन्त्रको विस्तार र राजस्वमा वृद्धिका लागि सिङ्गो उद्योग व्यवसाय पनि फस्टाउनुपर्ने उनको भनाइ छ।

उनले देशको उद्योग धन्दाहरू पनि फस्टाउन सके नागरिकहरु पनि आर्थिक रूपमा सवल हुने र क्रय शक्ति बढ्ने धारणा राखे।

प्रकाशित: २३ जेठ २०८३ १७:१७ | Saturday, June 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast