तारकेश्वरमा शैक्षिक गतिविधिलाई व्यवस्थित बनाउन शिक्षक-विद्यार्थीलाई डायरी

हिमाल प्रेस १५ असार २०८३ १५:१७ | Monday, June 29, 2026
18
SHARES
तारकेश्वरमा शैक्षिक गतिविधिलाई व्यवस्थित बनाउन शिक्षक-विद्यार्थीलाई डायरी

काठमाडौँ- तारकेश्वर नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई डायरी वितरण गरेको छ।

नगरपालिकाले विद्यालयमै पुगेर शिक्षक डायरी तथा विद्यार्थी डायरी वितरण गरेको हो।

कार्यक्रममा नगर प्रमुख कृष्णहरि महर्जन, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, शिक्षा शाखा प्रमुख सुधिनराज बुढाथोकी, वडा नं. १० का अध्यक्ष कुमार राईलगायत नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

नगर प्रमुख महर्जनसहितको टोलीले विद्यालयमा पुगेर शिक्षक तथा विद्यार्थीलाई डायरी हस्तान्तरण गरेको विद्यालयले जनाएको छ।

विद्यालय प्रशासनले शैक्षिक गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुर्‍याउने उद्देश्यले डायरी उपलब्ध गराएको नगरपालिकाप्रति आभार व्यक्त गरेको छ।

नगरपालिकाले विद्यार्थीको सिकाइ प्रक्रिया थप व्यवस्थित बनाउन तथा शिक्षकको दैनिक शैक्षिक योजना र अभिलेखीकरणलाई सहज बनाउने उद्देश्यले प्रत्येक वर्ष डायरी वितरण गर्दै आएको जनाएको छ।

प्रकाशित: १५ असार २०८३ १५:१७ | Monday, June 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast