सोनम वाङचुकले सुरू गरे अनिश्चितकालीन भोक हड्ताल

हिमाल प्रेस १४ असार २०८३ १८:२३ | Sunday, June 28, 2026
20
SHARES
सोनम वाङचुकले सुरू गरे अनिश्चितकालीन भोक हड्ताल

काठमाडौँ- भारतको सामाजिक तथा पर्यावरण कार्यकर्ता सोनम वाङचुकले दिल्लीको जन्तरमन्तरमा आइतबारदेखि अनिश्चितकालीन भोक हड्ताल सुरू गरेका छन्।

ककरोच जनता पार्टी (सीजेपी) ले ‘नीट–यूजी’ को प्रश्नपत्र जाँचअगाडि बाहिरिएको प्रकरणलाई लिएर शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेको छ।

वाङचुकको भोक हड्ताल पनि यही प्रदर्शनको हिस्सा रहेको बताइएको छ।

सीजेपीले जनाएअनुसार शिक्षामन्त्री प्रधानले राजीनामा नदिएसम्म भोक हड्ताल जारी रहनेछ।

वाङचुक भोक हड्तालमा बसेपछि सीजेपीका संस्थापक अभिजित दिपकेले सामाजिक सञ्जालमा दिल्ली प्रहरीले सहयोग नगरेको आरोप लगाएका छन्।

‘सोनम वाङचुकले भोक हड्तालको घोषणा गरेपछि दिल्ली प्रहरीले जन्तरमन्तरमा सरसफाईको सुविधा बन्द गरिदिएको छ, त्यहाँ पानी र सरसफाईको कुनै व्यवस्था छैन,’ उनले भनेका छन्।

प्रकाशित: १४ असार २०८३ १८:२३ | Sunday, June 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast