भोक हड्तालमा बसेका वाङ्चुकलाई प्रहरीले जबरजस्ती लग्यो अस्पताल

हिमाल प्रेस २ साउन २०८३ १५:४२ | Saturday, July 18, 2026
12
SHARES
भोक हड्तालमा बसेका वाङ्चुकलाई प्रहरीले जबरजस्ती लग्यो अस्पताल

काठमाडौँ- नयाँदिल्लीको जन्तरमन्तरमा आमरण अनशनमा बसिरहेका पर्यावरण कार्यकर्ता सोनम वाङचुकलाई प्रहरीले बलपूर्वक उठाएर अस्पताल लेगेको छ।

पछिल्लो २० दिनदेखि आमरण अनसनमा बसेका सोनमलाई दिल्ली प्रहरीले शनिबार बल प्रयोग गरेर अस्पताल लेगेको हो।

सफरदगञ्ज अस्पताल पु¥याइएका उनको स्वास्थ्य अवस्था कमजोर बनेको चिकित्सकहरुले बताएका छन्।

नयाँदिल्लीका डीसीपीले बाङचुकको शरीरमा पानीको कमी भएको संकेत पाएको बताएका छन्।

‘वाङचुकको गम्भीर स्वास्थ्य स्थितिलाई ध्यानमा राख्दै, चिकित्सकहरुको सल्लामा उनलाई स्वास्थ्य परीक्षण र थप आवश्यकता अनुसारको उपचारका लाथि सफरदजंग अस्पताल लगिएको छ,’ डीसीपीले सामाजिक सञ्जालमा लेखेका छन्।

विशेष चिकित्सकको निगरानीमा उनको उपचार भइरहेको दिल्ली प्रहरीले जनाएको छ।

अर्कोतर्फ वाङचुककी पत्नी गीताञ्जली जे आङ्मोले अहिले उनको कुनै उपचार नभएको, केवल निगरानी र जाँचमात्र भइरहेको बताएकी छन्।

प्रकाशित: २ साउन २०८३ १५:४२ | Saturday, July 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast