मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

हिमाल प्रेस २३ जेठ २०८३ ९:३७ | Saturday, June 6, 2026
8
SHARES
मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

इटहरी- सुनसरीको कोशी गाउँपालिका ८ भाण्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार राति भएको सवारी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला उदयपुर त्रियुगा नगरपालिका–२ स्थायी घर भई हाल प्रहरी चौकी कोशी ब्यारेज सुनसरीमा कार्यरत ३२ वर्षीय प्रहरी जवान रन्दिप पौडेल रहेका छन्। उनी कार्यालयको विशेष कामका लागि प्रहरी चौकी कोशी ब्यारेजबाट जिल्ला प्रहरी कार्यालय सुनसरीतर्फ मोटरसाइकलमा जाँदै गर्दा दुर्घटनामा परेका हुन्।

राति करिब १० बजेतिर प्र १–०२–००३ ह १०५२ नम्बरको सिटी सफारी र स ११ प २५०० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा पौडेल गम्भीर घाइते भएका थिए। दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

घाइते पौडेललाई तत्काल उपचारका लागि सप्तकोशी न्यूरो अस्पताल, भोक्राहा लगिएकोमा चिकित्सकले राति १०ः२० बजेतिर मृत घोषणा गरेका थिए।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट प्रहरी नायब निरीक्षक सुरेश यादवको कमाण्डमा प्रहरी टोली खटिएको थियो। दुर्घटनामा संलग्न दुवै सवारी साधन नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भाण्टाबारीमा राखिएको प्रहरीले जनाएको छ।

सिटी सफारी चालक कोशी गाउँपालिका–८ का ४४ वर्षीय पुने खान भनिने रजाक मियाँ दुर्घटनापछि फरार रहेका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार मोटरसाइकल चालकले तीव्र गतिमा सवारी चलाउँदा सडकमा पर्याप्त ध्यान नदिएकाले दुर्घटना भएको हुनसक्ने देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ जेठ २०८३ ९:३७ | Saturday, June 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast