रास्वपा महाधिवेशनमै मन्त्री सांसदलाई गराइयो ईसीडी शिक्षकका मागको ध्यानाकर्षण

हिमाल प्रेस १३ असार २०८३ ११:५५ | Saturday, June 27, 2026
228
SHARES
रास्वपा महाधिवेशनमै मन्त्री सांसदलाई गराइयो ईसीडी शिक्षकका मागको ध्यानाकर्षण

काठमाडौँ- बाल विकास शिक्षक (ईसीडी शिक्षक) ले चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको अवसर पारेर विभिन्न सांसदहरूसँग भेटघाट गर्दै माग र मुद्दाबारे ध्यानाकर्षण गराएका छन्।

बाल विकास शिक्षालाई मर्यादित, सम्मानित र व्यवस्थित पेसाका रूपमा स्थापित गर्न आवश्यक नीति तथा कानुनी व्यवस्थाका लागि नेतृत्वको ध्यानाकर्षण गराइएको हो।

भेटघाटका क्रममा केही नेतृत्वबाट आएका अभिव्यक्तिले शिक्षकहरूको अपेक्षालाई पूर्ण रूपमा सम्बोधन गर्न नसकेको महसुस भए पनि आगामी दिनमा नीति, दृष्टिकोण र व्यवस्थामा आवश्यक सुधार हुँदै जाने विश्वास व्यक्त गरिएको ईसीडी शिक्षक विष्णु तिमिल्सिनाले बताइन्।

सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, सांसद इन्दिरा राना मगर, रन्जु दर्शनालगायतलाई ईसीडी शिक्षकका मागबारे ध्यनाकर्षण गराइएको हो।

बाल विकास शिक्षकहरूले आफ्ना कुरा धैर्यपूर्वक सुन्ने, चासो व्यक्त गर्ने तथा बाल विकास क्षेत्रका समस्यालाई गम्भीरतापूर्वक लिने सांसद तथा राजनीतिक नेतृत्वप्रति आभार व्यक्त गरेका छन्।

उनीहरूले देशको भविष्य निर्माणको आधार बालबालिका भएकाले बाल विकास क्षेत्रको सम्मान, सुदृढीकरण र शिक्षकहरूको पेसागत अधिकार सुनिश्चित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन्।

उनीहरूका अनुसार महाधिवेशन बाल विकास शिक्षकहरूको आवाज राज्यको नेतृत्व तहसम्म पुर्‍याउने महत्वपूर्ण अवसर बनेको छ। बाल विकास शिक्षासम्बन्धी मागहरू आगामी नीति निर्माण र निर्णय प्रक्रियामा सम्बोधन हुने अपेक्षा उनीहरूले गरेका छन्।

प्रकाशित: १३ असार २०८३ ११:५५ | Saturday, June 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast