संसदीय विशेष समितिद्वारा कार्यविधि पारित

हिमाल प्रेस १५ असोज २०८३ १८:४५ | Thursday, October 1, 2026
संसदीय विशेष समितिद्वारा कार्यविधि पारित

काठमाडौँ- हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिले आफ्नो कार्यविधि पारित गरेको छ।

सिंहदरबारमा बिहीबार बेसको समिति बैठकले सदस्यहरुले राखेको सुझावका आधारमा कार्यविधिलाई परिमार्जनसहित पारित गरिएको समिति सभापति गणेश पराजुलीले जानकारी दिए।

त्यस्तै समितिको टीओआरमाथि अर्को बैठकमा छलफल गरेर पारित गरिने उनले बताए। उनले प्रतिनिधिसभामा रहेका विभिन्न क्षेत्रका विषयगत विज्ञ सांसदहरुलाई आमन्त्रित सदस्यको रूपमा सहभागी गराउन प्रस्ताव गर्दै आ–आफ्नो दलबाट सम्बन्धित विषयका विशेषज्ञ सांसदहरुको नाम प्रस्ताव गरी ल्याउन आग्रह गरे।

सबैलाई समेट्दा सांसदहरूको अपनत्व महसुस हुने र उनीहरूको विज्ञताको सही उपयोग गर्न सकिने विश्वास लिइएको सभापति पराजुलीले बताए।

समितिको अर्को बैठक शुक्रबार ३ बजे बस्ने तय भएको छ।

प्रकाशित: १५ असोज २०८३ १८:४५ | Thursday, October 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast