मधेश प्रदेश सरकार र नेपाली सेनाको संयुक्त आयोजनामा विपद् प्रतिकार्य अभ्यास

हिमाल प्रेस २५ जेठ २०८३ ११:३७ | Monday, June 8, 2026
4
SHARES
मधेश प्रदेश सरकार र नेपाली सेनाको संयुक्त आयोजनामा विपद् प्रतिकार्य अभ्यास

काठमाडौँ- मधेश प्रदेश सरकार र नेपाली सेनाको मध्य पूर्वी पृतनाको संयुक्त आयोजनामा सर्लाहीको बागमती नगरपालिका-११ स्थित बागमती नदी किनारमा प्रदेशस्तरीय विपद् प्रतिकार्य सम्बन्धी अभ्यास सम्पन्न भएको छ।

जेठ २२ गते सञ्चालन गरिएको उक्त अभ्यास ‘हातेमालो-८’ नामक कार्यक्रमअन्तर्गत सम्पन्न भएको हो। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो अभ्यास आयोजना गरिएको हो।

अभ्यासमा बाढी, डुबान तथा अन्य प्राकृतिक विपद्को अवस्थामा तत्काल उद्धार, राहत वितरण तथा समन्वयात्मक प्रतिकार्य कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा व्यवहारिक अभ्यास गरिएको जनाइएको छ।

कार्यक्रममा सुरक्षा निकाय, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो। सहभागीहरूले विपद् जोखिम न्यूनीकरण तथा आपत्कालीन अवस्थामा तदारुकतासाथ परिचालन क्षमता बढाउन यस्ता अभ्यास महत्वपूर्ण हुने बताएका छन्।

नेपाली सेनाले यस्ता संयुक्त अभ्यासहरूले प्रदेशस्तरमा विपद् प्रतिकार्य प्रणालीलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित: २५ जेठ २०८३ ११:३७ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast