बागमती सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट

हिमाल प्रेस १ असार २०८३ १९:४४ | Monday, June 15, 2026
34
SHARES
बागमती सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट

काठमाडौँ- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको छ।

सोमबार बसेको बागमती प्रदेशसभा बैठकमा बागमतीका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आगामी आर्थिक वषर््ाको बजेट प्रस्तुत गरेका हुन्।

उनले आगामी आर्थिक वर्षमा चालुतर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ अर्थात ३४ दशमलव ३१ प्रतिशत र पुँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ अर्थात ६५ दशमलव ६९ प्रतिशत विनियोजन गरिएको जानकारी दिए।

बजेट कार्यक्रम कार्यान्वयनका लागि खर्च व्यहोर्ने स्रोततर्फ राजस्व बाँडफाँडबाट प्राप्त हुने राजस्वबाट ३० अर्ब १५ करोड ६ लाख रुपैयाँ, अन्य राजस्व स्रोतबाट ७ अर्ब ७३ करोड रुपैयाँ, संघीय सरकारबाट प्राप्त हुने अनुदानवापत १५ अर्ब ३१ करोड ४८ रुपैयाँ प्राप्त हुने अनुमान रहेको उनले बताए।

त्यस्तै मन्त्री तामाङले संचित कोष बचत विविध प्राप्तिबाट १२ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ र अन्य संस्था तथा ऋण लगानी फिर्ताबाट ९६ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको उनले बताए।

मन्त्री तामाङले प्रदेशमा लगानीको वातावरण तयार गर्ने तथा आर्थिक क्रियाकलापमा बृद्धि हुने गरी राजस्व नीति प्रस्ताव गरेको जानकारी दिए।

प्रकाशित: १ असार २०८३ १९:४४ | Monday, June 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast