एसीसी महिला प्रिमियर कप : कतारले नेपाललाई दियो ७७ रनको लक्ष्य

हिमाल प्रेस २० जेठ २०८३ ८:४२ | Wednesday, June 3, 2026
6
SHARES
एसीसी महिला प्रिमियर कप : कतारले नेपाललाई दियो ७७ रनको लक्ष्य KLANG, MALAYSIA - MAY 30: Pictures from the Semi Final 2 match between Nepal and Malaysia during the Asian Games Qualifier Women's 2026 at Bayuemas Oval on May 30, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

काठमाडौँ- मलेसियामा आज (बुधबार) बाट सुरु एसीसी महिला प्रिमियर कपमा नेपालले कतारविरुद्धको खेलमा ७७ रनको मध्यम लक्ष्य पाएको छ ।

मलेसियाको कोल्जे टुङ्गुर जाफर ओभलमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको कतारले १६।५ ओभरमा सबै विकेट गुमाएर ७६ रनको मध्यम योगफल तयार गर्यो।

कतारका लागि ओपनर गितरुडु चण्डिरुले १९ बलमा २ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २५ रन जोडिन् । कप्तान आयसाले ११ बलमा १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक ३ विकेट लिइन् । कविता कुवँर, रिया शर्मा र पूजा महतोले समान १ विकेट लिइन् ।

प्रकाशित: २० जेठ २०८३ ८:४२ | Wednesday, June 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast