सुस्तामा एसएसबीको अनधिकृत प्रवेश र हस्तक्षेपप्रति राप्रपाको आपत्ति

हिमाल प्रेस १ असार २०८३ १२:२२ | Monday, June 15, 2026
18
SHARES
सुस्तामा एसएसबीको अनधिकृत प्रवेश र हस्तक्षेपप्रति राप्रपाको आपत्ति

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पश्चिम नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को अनधिकृत प्रवेश र हस्तक्षेपप्रति आपत्ति जनाएको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपा सांसद भरतराज गिरीले सुस्ता गाउँपालिका ५ थारु टोल क्षेत्रमा हतियारधारी एसएसबी बिना अनुमति नेपाली भूमिमा प्रवेश गरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले सीमाक्षेत्रमा राज्यको उपस्थिति कमजोर रहेको भन्दै स्थानीय किसानहरूले नै हतियारधारी टोलीलाई धपाउनुपरेको बताए। सांसद गिरीले सुस्तावासीको साहसको प्रशंसा गर्दै उनीहरूले देश र माटो जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताए।

उनले प्रधानमन्त्री बालेन्द्र शाह को ‘हामीले पनि भारतको सीमा मिचेका छौँ’ भन्ने अभिव्यक्तिपछि सीमामा हस्तक्षेप बढेको आरोप लगाउँदै सरकारले सीमा सुरक्षाबारे स्पष्ट धारणा दिनुपर्ने माग गरे।

गिरीले नेपाल(भारतबीचको करिब १५०० किलोमिटर खुला सीमामा बस्ने नागरिकहरूको सुरक्षा र राष्ट्रिय स्वाभिमानका विषयलाई कूटनीतिक तहमा प्राथमिकताका साथ उठाउन सरकारलाई आग्रह गरेका छन्।

प्रकाशित: १ असार २०८३ १२:२२ | Monday, June 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast