बाल शिक्षक र विद्यालय कर्मचारीको सामाजिक सुरक्षा कोष लागू गर्न महासंघको ध्यानाकर्षण

हिमाल प्रेस ८ असार २०८३ १७:५२ | Monday, June 22, 2026
568
SHARES
बाल शिक्षक र विद्यालय कर्मचारीको सामाजिक सुरक्षा कोष लागू गर्न महासंघको ध्यानाकर्षण

काठमाडौँ- झापाको भद्रपुरमा शिक्षक महासंघ समितिले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत हुन लागेको भद्रपुर नगरपालिकाको नीति तथा कार्यक्रमप्रति ध्यानाकर्षण गराएको छ।

नेपाल शिक्षक महासंघ समिति, भद्रपुरले विगतका वर्षहरूमा नगरपालिकाको नीति तथा कार्यक्रममा समावेश भए पनि कार्यान्वयन नभएका विषयहरूलाई यस वर्ष अनिवार्य रूपमा सम्बोधन गर्नुपर्ने मागसहित नगर नेतृत्वलाई ध्यानाकर्षण पत्र बुझाएको हो।

समितिले विशेषगरी बाल शिक्षक, विद्यालय कर्मचारी तथा विद्यालय परिचारकहरूको सामाजिक सुरक्षा कोषको व्यवस्था तत्काल कार्यान्वयन गर्नुपर्ने विषयमा जोड दिएको छ।

यसअघि पटकपटक नीति तथा कार्यक्रममा उल्लेख भए पनि व्यवहारिक रूपमा कार्यान्वयन नभएकाले समस्या जटिल बन्दै गएको महासंघको भनाइ छ।

त्यस्तै, बाल विकास कक्षा व्यवस्थापन, विद्यालय सञ्चालनमा देखिएका विविध समस्या तथा शैक्षिक सुधारसँग सम्बन्धित विषयहरूबारे पनि छलफल गरिएको समितिले जनाएको छ।

ध्यानाकर्षण पत्र नगर प्रमुख, उपप्रमुख, नगर शिक्षा प्रमुख तथा सम्बन्धित अधिकृतलाई बुझाइएको हो। छलफलका क्रममा स्थानीय तह र शिक्षक प्रतिनिधिहरूबीच विद्यालय शिक्षा सुधार तथा व्यवस्थापकीय चुनौतीबारे विचार विमर्श गरिएको बताइएको छ।

महासंघले आगामी नीति तथा कार्यक्रममा उठाइएका मागहरूलाई कार्ययोजनासहित समावेश गरी प्रभावकारी कार्यान्वयन गर्न नगरपालिकालाई आग्रह गरेको छ।

प्रकाशित: ८ असार २०८३ १७:५२ | Monday, June 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast