बयानका लागि अख्तियारले बोलायो पूर्वमन्त्री आरजुलाई

हिमाल प्रेस ४ असार २०८३ १५:५० | Thursday, June 18, 2026
22
SHARES
बयानका लागि अख्तियारले बोलायो पूर्वमन्त्री आरजुलाई आरजु राणा , फाइल तस्बिर।

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) ले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेस नेतृ एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई बयानका लागि बाेलाएको छ।

आयोगले राहदानी (पासपोर्ट) छपाइसम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर भएको भन्ने उजुरीको अनुसन्धानका लागि बयान लिनुपर्ने भएकाले उपस्थित हुन पत्राचार गरेको हो।

पत्रअनुसार आयोगको अनुसन्धान अधिकृतले आरजु राणा देउवालाई टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयमा उपस्थित हुन भनेका छन्।

आयोगका अनुसार उक्त मुद्दामा राहदानी छपाइ प्रक्रियासँग सम्बन्धित अनियमितता भएको आरोपमा अनुसन्धान अघि बढाइएको हो।

आरजुलाई तीन दिनभित्र आयोगको महाशाखा नम्बर १२, कोठा नम्बर १२, टंगालमा उपस्थित हुन भनिएको छ। तोकिएको समयमा उपस्थित नभए कानुनअनुसार प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।

राणा हाल श्रीमान् शेरबहादुर देउवाको उपचारका लागि सिंगापुरमा छिन्।

प्रकाशित: ४ असार २०८३ १५:५० | Thursday, June 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast