प्रतिनिधिसभाको बैठक सूचना टाँसेर २ बजेसम्म स्थगित

हिमाल प्रेस २७ जेठ २०८३ १३:२० | Wednesday, June 10, 2026
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर २ बजेसम्म स्थगित

काठमाडौँ- प्रतिनिधिसभाको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको छ। प्रतिपक्षी दलहरूको अडान र अवरोधबीच प्रतिनिधि सभा बैठक सभामुख डोलप्रसाद अर्यालले बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका थिए। तर बैठक सुरू हुनु अगावै सूचना टाँसेर बैठक स्थगित गरिएको हो।

सीमाबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरूले विरोध जारी राखेका छन्। प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए।

प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले प्रधानमन्त्रीले सीमबारे प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति पुष्टि हुने प्रमाण देखाउनुपर्ने नभए अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने अडान राख्दै आएका छन्।

प्रकाशित: २७ जेठ २०८३ १३:२० | Wednesday, June 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast