दरबन्दी मिलानमार्फत शिक्षक अभाव समाधान गर्ने सरकारको योजना, विज्ञापन के होला?

हिमाल प्रेस १४ जेठ २०८३ ११:३० | Thursday, May 28, 2026
108
SHARES
दरबन्दी मिलानमार्फत शिक्षक अभाव समाधान गर्ने सरकारको योजना, विज्ञापन के होला?

काठमाडौँ- देशभरका सामुदायिक विद्यालयमा शिक्षक दरबन्दीमा ठूलो असन्तुलन देखिएको छ। प्राथमिक तहमा करिब २० हजारले आवश्यकभन्दा बढी दरबन्दी रहेको पाइएको छ भने निम्न माध्यमिक र माध्यमिक तहमा करिब २२ हजार दरबन्दीको अभाव रहेको शिक्षा क्षेत्रका अधिकारीहरूले बताएका छन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार प्राथमिक तहका करिब ५ हजार १६५ रिक्त दरबन्दीलाई अपग्रेड गरी निम्न माध्यमिक र माध्यमिक तहमा समायोजन गर्ने प्रस्ताव शिक्षा तथा खेलकुद मन्त्रालयमा पठाइएको छ।

प्रस्ताव स्वीकृत भएमा ती रिक्त दरबन्दीमध्ये केही निम्न माध्यमिक र केही माध्यमिक तहमा पुनःवितरण गरिनेछ। यसै कारण यस वर्ष प्राथमिक तहका शिक्षकका लागि नयाँ विज्ञापन नखोलिने पनि जनाइएको छ।

यो पनि

प्रावि विज्ञापन रोक्नु गलत, तत्काल आयोगको काम अघि बढाउन भट्टराईको माग

प्रकाशित: १४ जेठ २०८३ ११:३० | Thursday, May 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast