स्कटल्यान्डविरुद्ध बलिङमा अमेरिका, तीन ओभर घटाइयो

हिमाल प्रेस ३१ वैशाख २०८३ १०:३३ | Thursday, May 14, 2026
4
SHARES
स्कटल्यान्डविरुद्ध बलिङमा अमेरिका, तीन ओभर घटाइयो

काठमाडौँ- अमेरिकाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर स्कटल्यान्डलाई ब्याटिङको निम्तो दिएको हो । गएरातिको वर्षाका कारण आटउटफिल्ड भिजेका कारण टस ढिला भएको थियो । खेल बिहान ९ः३० मा सुरु हुनुपर्ने थियो ।

स्कटल्यान्ड लगातार दोस्रो जितसहित शीर्षस्थानमा उक्लिने लक्ष्यमा छ । पहिलो खेलमा स्कटल्यान्डले घरेलु टोली नेपाललाई डीएलएसका आधारमा दुई रनले हराएको थियो । शृंखलाको पहिलो खेल खेल्दै गरेको अमेरिका पनि जित निकाल्दै शीर्ष स्थानमा स्पष्ट अग्रता चाहन्छ । हाल अमेरिका २४ खेलमा ३६ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको स्कटल्यान्डको पनि २९ खेलबाट ३६ अंक नै छ ।

खेलमा तीन ओभर घटाइएको छ ।

प्रकाशित: ३१ वैशाख २०८३ १०:३३ | Thursday, May 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast