विराटनगर एयरपोर्टबाट स्रोत नखुलेको छब्बिस लाखसहित दुई पक्राउ

हिमाल प्रेस २० वैशाख २०८३ १६:३९ | Sunday, May 3, 2026
8
SHARES
विराटनगर एयरपोर्टबाट स्रोत नखुलेको छब्बिस लाखसहित दुई पक्राउ

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय मोरङले स्रोत नखुलेको रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

विराटनगर महानगरपालिका-४ स्थित विराटनगर विमानस्थलमा यात्रु जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।

शुक्रबार बिहान करिब १०:०० बजे बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौँ आउन लागेका सुनसरीको धरान उपमहानगरपालिका-१८ बस्ने ३५ वर्षीय दिलीप तामाङलाई चेकजाँच गर्दा उनले बोकेको ब्यागबाट स्रोत नखुलेको नगद रु. ११,००,००० (एघार लाख) फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी, सोही दिन अपराह्न करिब १५:३५ बजे श्री एयरलाइन्सको उडानमार्फत काठमाडौँ आउन लागेका भारत, बिहारका ३६ वर्षीय मोहिदुल अन्सारीलाई जाँच गर्दा उनको साथबाट रु. १५,८८,००० (पन्ध्र लाख अठासी हजार) नगद बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले दुवै जनालाई जम्मा रु. २६,८८,००० (छब्बिस लाख अठासी हजार) नगदसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य अघि बढाएको जनाएको छ।

प्रकाशित: २० वैशाख २०८३ १६:३९ | Sunday, May 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast