गोवालाई नेपाल ‘ए’ले दियो २१० रनको लक्ष्य

हिमाल प्रेस १७ जेठ २०८३ १४:२१ | Sunday, May 31, 2026
6
SHARES
गोवालाई नेपाल ‘ए’ले दियो २१० रनको लक्ष्य

काठमाडौँ- ओपनर तृतराज दासको शतक सहयोगमा नेपाल ‘ए’ले अल इण्डिया गोल्डकपको दोस्रो खेलमा गोवा क्रिकेट एसोसिएसन टोलीविरुद्ध २१० रनको बलियो योगफल तयार गरेको छ।

रातीको भारी वर्षासँगै मैदान चिसो भएपछि ढिला सुरु भएको खेल ३४ ओभरमा घटाइएको थियो । भारतको देहरादुनमा भइरहेको खेलमा पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित ३४ ओभरमा ९ विकेट गुमाएर २१० रनको बलियो योगफल तयार गर्यो ।

नेपाल ‘ए’का लागि तृतराजले ८६ बलमा ९ चौका र ३ छक्काको सहयोगमा १०४ रनको शतकीय इनिङ्स खेले । पहिलो विकेटका लागि तृतराज र अर्का ओपनर अर्जुन कुमालले पहिलो विकेटका लागि १४९ रनको साझेदारी गरे । अर्जुन ५७ बलमा ६ चौकाको सहयोगमा ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दै सो साझेदारी तोडिएको थियो ।

रशिद खान १४ रनमा आउट हुँदा १४९ रनमा कुनै विकेट नगुमाएको नेपाल ुएु ले बाँकी ६१ रन जोड्दा महत्वपुर्ण ९ विकेट गुमाएको थियो ।

प्रकाशित: १७ जेठ २०८३ १४:२१ | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast