साइन्स फिक्सनमा आधारित वेब सिरिज ‘कुरू’ को टिजर सार्वजनिक

हिमाल प्रेस १५ जेठ २०८३ ११:५० | Friday, May 29, 2026
40
SHARES
साइन्स फिक्सनमा आधारित वेब सिरिज ‘कुरू’ को टिजर सार्वजनिक

काठमाडौँ- साइन्स फिक्सन जनरामा बनेको वेब सिरिज ‘कुरू’ को टिजर सार्वजनिक भएको छ। कीर्तिपुरको उमामहेश्वर प्राङ्गणमा कार्यक्रम गर्दै टिजर सार्वजनिक गरिएको हो।

युवा निर्देशक प्रदीप खड्गीको निर्देशनमा सिरिज बनेको हो। फोकस फिक्चर्सको ब्यानरमा बनेको सिरिज ८ भागमा तयार गरेको टिमले जनाएको छ। निर्माण टिमले नेपालमा नै पहिलोपटक साइन्स फिक्सनमा सिरिज बनाएको दाबीसमेत गरेको छ।

सिरिजमा नक्षत्र, ग्रह, अन्तरिक्ष वा अनन्त लोक सम्मिलितको काल्पनिक पृथक् ब्रह्माण्ड बनाएर प्रस्तुत गरेको निर्माण टिमको दाबी छ। सम्यक र बिसम्यक देव (मनुष्य) र दानव (मुटेन्ट) को कथा कुरूमा देख्न पाइने टिमले जनाएको छ।

निर्देशक खड्कीले भने,‘पहिले असम्भव जस्तो लाग्ने विषयलाई हाम्रो टिमले वास्तविकतामा बदलेका छौं। दुई वर्षसम्मको मिहिनेत, धैर्य र समर्पण आज विश्वासमा परिणत भएको छ। नेपाली फिल्म दुनियाँको यो नयाँ प्रयोगमा साथ दिने सबैलाई धन्यवाद छ।’

अन्तत: कुमार श्रेष्ठले नेपग्याज्मसँग सहकार्य गरेर सिरिज निर्माण गरेका हुन्। सिरिजमा सुशील राजोपाध्याय, भिन्तुना जोशी, अर्पण तामाङ, लोमन सागर रेग्मी, प्रविण बजगाईं, यशजंग बोगटी, सनिश शाक्य, रुवेन खड्गी, सुरज व्यन्जनकार, रोजिना सुवाल, सुचित्रा उप्रेती, लक्ष्मीकुमार महर्जन, विनेश श्रेष्ठ, अनु खड्कालगायत कलाकारले अभिनय गरेका छन्।

सिरिजमा चिफ एक्जेक्युटिभ प्रड्यूसरमा लभ कार्की तथा हलिउड प्रोजेक्टमा काम गर्दै आएका सन्तोष केसीलाई भि.एफ.एक्स सुपरभाइजर रहेका छन्।

त्यस्तै शंकर महर्जनको सिनेमाटोग्राफी, प्रोडक्सन म्यानेजर आशिस शाही, ग्राफिक डिजाइनमा विकाश खड्गी, सीजीआई आभास महर्जन, अविक खड्गी, रेहना शाही, आर्टिस्ट पीओपी राज महर्जन, युनिट स्टील फोटोग्राफी अमन महर्जन, सिनेमाटोग्राफी शंकर महर्जनको रहेको छ।

 

प्रकाशित: १५ जेठ २०८३ ११:५० | Friday, May 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast