खेलकुद पत्रकार मञ्च सुर्खेतको अध्यक्षमा शाही

हिमाल प्रेस ६ जेठ २०८३ १९:४८ | Wednesday, May 20, 2026
16
SHARES
खेलकुद पत्रकार मञ्च सुर्खेतको अध्यक्षमा शाही

सुर्खेत – खेलकुद पत्रकार मञ्च समन्वय शाखा सुर्खेतको अध्यक्षमा नविन शाही निर्वाचित भएका छन्।

बुधबार वीरेन्द्रनगरमा सम्पन्न साधारणसभाले शाहीको नेतृत्वमा‌ नयाँ कार्यसमिति गठन गरेको हो।

मञ्चको उपाध्यक्ष रमा केसी, सचिवमा अप्सरा विष्ट, सहसचिवमा नवीन‌ सुवेदी, कोषाध्यक्षमा सिर्जना बुढाथोकी निर्वाचित भए। राकेश पौडेल (तिलक), भावना राना‌ र मिलन श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन्।

साधारणसभामा निवर्तमान अध्यक्ष भानुभक्त अधिकारीले खेलकुद पत्रकारिताको महत्व र जिम्मेवारीलगायतका विषयमा प्रष्ट पारेका थिए।

कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का‌ सदस्य सचिव रविन्द्र चन्दले कर्णालीमा खेलाडीहरुको राष्ट्रिय स्तरमा‌ पुर्‍याउने र खेलाडीको प्रोफाइल निर्माणलगायतका गतिविधिमा नेपाल खेलकुद पत्रकार मञ्चसँग सहकार्य र समन्वय गर्न तयार रहेको बताए। कर्णालीमा रहेका लोपउन्मुख र परम्परागत खेलकुद्को विकासका‌ लागि कलम चलाउनुपर्ने बताउँदै आगामी दिनमा कर्णालीमा पल्सल अवार्ड‌ गराउने समेत बताए।

त्यस्तै केन्द्रीय प्रतिनिधि एवम् नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य नविन‌ लुइटेलले सुर्खेतमा‌ हुन गरिरहेको दशौँ राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्न खेलकुद पत्रकारको महत्वपूर्ण भूमिका रहने बताए। उनले समग्र खेलकुद र‌‌ खेलाडीको बृद्धि विकासमा‌ खेलकुद पत्रकारको महत्वपूर्ण योगदान रहेको बताउँदै सुर्खेतमा‌‌ खेल‌ पत्रकारिताको विकासका लागि क्षमता अभिवृद्धि तालिम, फेलोसिपलगायतका गतिविधि सञ्चालन गर्न‌ सुझाव दिए।

त्यस्तै खेलकुद विकास परिषद्ले नै बजेट व्यवस्था गरेर खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका पुरान‌ा खेलाडीहरुको खोजमुलक‌ रिपोर्टिङ्लगायत खेलकुद पत्रकारिताको विकासका‌ लागि योगदान गर्न सुझाव दिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशीलराज शर्माले सुर्खेतको‌ खेलकुद विकासका लागि विगतदेखि नै लामो समयदेखि रिपोटिङ गर्दै आएको बताए। उनले मोफसलमा रहेर विधागत पत्रकारिता‌ गर्न कठिन‌ रहेको बताउँदै पछिल्लो समय सरकारले नै पत्रकारिता, मिडिया हाउस बन्द गराउन लागि परेको बताए।

प्रदेश‌ सरकारको पनि केन्द्र सरकारकै नक्कल गरेर लोककल्याणकारी विज्ञापन रोकेको उनले बताए।

प्रकाशित: ६ जेठ २०८३ १९:४८ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast