वर्षा प्रभावित खेलमा नेपाली महिला टिमले चीनलाई दियो ५१ रनको लक्ष्य

हिमाल प्रेस १७ जेठ २०८३ ९:५५ | Sunday, May 31, 2026
10
SHARES
वर्षा प्रभावित खेलमा नेपाली महिला टिमले चीनलाई दियो ५१ रनको लक्ष्य

काठमाडौँ- चीनविरुद्ध नेपाली पुरुष टिमले सानदार प्रदर्शन गरिरहदा महिला टोली भने फितलो प्रस्तुति दिइरहेको छ। आज बिहानै एकैपटक नेपाली पुरुष–महिला चीनविरुद्ध उत्रिएका थिए। पुरुष टोलीले चीनविरुद्ध ३१३ रनको लक्ष्य दिइरहदा महिला टोली भने ७ ओभरमा ५१ रनको लक्ष्य दिएको छ।

मलेसियाको वायोमास ओभलमा तेस्रो स्थानका लागि जारी खेलमा वर्षा बाधक बन्दा खेल ७ ओभरमा छोट्याइएको हो। खेलमा ५ विकेट गुमाएर नेपाली महिला टिमले ५० रन बनाएको हो। कविता कुँवरले २२, रुविना बेल्बासे ३ मा अविजित रहे। सम्झना खड्का ५ रनमा आउट हुँदा पूजा महतो दोस्रो ओभरमा नै १ रन बनाउँदा क्याच आउट भइन्।

सम्झना खड्का ५ र रुवि पोडार शून्य रनमा नै आउट भए।

 

प्रकाशित: १७ जेठ २०८३ ९:५५ | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast