नेपालले स्कटल्यान्डविरुद्ध बलिङ गर्ने, कुशल भुर्तेल र सोमपाल परेनन्

हिमाल प्रेस २९ वैशाख २०८३ ९:२३ | Tuesday, May 12, 2026
14
SHARES
नेपालले स्कटल्यान्डविरुद्ध बलिङ गर्ने, कुशल भुर्तेल र सोमपाल परेनन्

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत आजदेखि सुरु हुने शृंखलाको पहिलो खेलमा स्कटल्यान्डले नेपाल विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । स्कटल्यान्डका कप्तान रिची बेरिङटनले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

नेपालले लिग टू अन्तर्गत ओमान विरुद्ध खेलेको पछिल्लो खेलबाट कुनै परिवर्तन गरेको छैन ।

नेपालका लागि कुशल भुर्तेल, भीम सार्की, इशान पान्डे र सोमपाल कामी बाहिर छन् । आसिफ र विनोद ओपनिङमा छन् भने अर्जुन कुमाल वान डाउन र कप्तान रोहित पौडेल टु डाउनमा छन् ।

प्रकाशित: २९ वैशाख २०८३ ९:२३ | Tuesday, May 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast