आईपीएल : जितले हैदरावाद तेस्रो स्थानमा, हारले छैटौँमा धकेलियो चेन्नाई

हिमाल प्रेस ५ जेठ २०८३ ७:०३ | Tuesday, May 19, 2026
2
SHARE
आईपीएल : जितले हैदरावाद तेस्रो स्थानमा, हारले छैटौँमा धकेलियो चेन्नाई

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादले चेन्नाई सुपर किंग्समाथि ५ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। चेन्नाईको घरेलु मैदामा भएको खेलमा हैदरावादले १ ओभर बाँकी छँदै लक्ष्य पूरा गरेको हो।

चेन्नाईले दिएको १८१ रनको चुनौतीपूर्ण लक्ष्यलाई हैदरावादले १९ ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएर पूरा गर्‍यो। हैदरावादको जितमा ओपनर इशान किशनले उत्कृष्ट ब्याटिङ गरे।

उनले ४७ बलमा ७० रनको महत्त्वपूर्ण इनिङ खेल्दै टोलीको जितको आधार तय गरे । किशन खेलको ‘प्लेयर अफ द म्याच’ बने। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाई सुपर किंग्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो।

हैदरावादका कप्तान प्याट कमिन्सले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै चेन्नाईका ब्याटरलाई दबाबमा राखेका थिए। यो जितसँगै सनराइजर्स हैदरावाद तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने पराजित चेन्नाई सुपर किंग्स छैटौँ स्थानमा छ।

प्रकाशित: ५ जेठ २०८३ ७:०३ | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast