आईपीएल २०२६ : गिलको शतकले गुजरात फाइनलमा, उपाधिका लागि आरसीबीसँग भिड्ने

हिमाल प्रेस १६ जेठ २०८३ ६:२९ | Saturday, May 30, 2026
6
SHARES
आईपीएल २०२६ : गिलको शतकले गुजरात फाइनलमा, उपाधिका लागि आरसीबीसँग भिड्ने

काठमाडौँ- कप्तान शुभमन गिलको सानदार शतकले गुजरात टाइटन्स आईपीएल २०२६ को फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्‍वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात उपाधि नजिक पुगेको हो ।

राजस्थानले दिएको २१५ रनको लक्ष्य गुजरातले ८ बल बाँकी छँदा ३ विकेटको क्षतिमा भेटायो । गिलले ५३ बलमा १०४ रनको शानदार इनिङ खेले । साइ सुदर्शनले ३२ बलमा ५८ रन बनाए । यी दुई मिलेर पहिलो विकेटका लागि १६७ रनको साझेदारी गरेका थिए । राजस्थानका लागि ब्रिजेश शर्मा, जोफ्रा आर्चर र नान्द्रे बर्गरले एकएक विकेट लिए । ब्रिजेशको बलमा साइ सुदर्शन हिट विकेट आउट भएका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१४ रन बनाएको थियो । वैभव सूर्यवंशीले शानदार ब्याटिङ गर्दै ४७ बलमा ८ चौका र ७ छक्कासहित ९६ रन बनाए । यसअघिको खेलमा पनि ९७ रनमा आउट भएका उनी आजपनि शतकबाट चुके ।

रविन्द्र जडेजाले अविजित ४५ रन बनाए भने डोनोभन फेरेरा ११ बलमा ३८ रनको क्यामिओ खेलेर नटआउट रहे । फेरेराले अन्तिम ओभरमा राशिद खानलाई ४ छक्का प्रहार गर्दा राजस्थानले २७ रन जोडेको थियो ।

गुजरातका लागि कगिसो रबाडा र जेसन होल्डरले २-२ विकेट लिए । मोहम्मद सिराज र जेसन होल्डरले १-१ विकेट लिए । गुजरातले उपाधिका लागि रोयल च्यालेन्जर्स बेंगलुरुसँग खेल्नेछ । फाइनल खेल आइतबार गुजरातकै घरेलु मैदान अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

गुजरात पहिलो क्‍वालिफायरमा बेंगलुरुसँग पराजित भएको थियो । राजस्थानले भने सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो ।

प्रकाशित: १६ जेठ २०८३ ६:२९ | Saturday, May 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast