आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

हिमाल प्रेस ५ जेठ २०८३ १६:५३ | Tuesday, May 19, 2026
14
SHARES
आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ तस्बिर एआई निर्मित

झापा- पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड ४४ लाख ६५ हजार रुपैयाँबराबरको ५७० ग्राम चौबीस क्यारेटको सुन र २० हजार अमेरिकी डलरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपालको २ नं हेडक्वार्टरका प्रमुख अम्बिकाप्रसाद जोशीले सोमबार साँझ ५:१० बजेतिर भारतको कोलकाता घर बताउने ३९ वर्षीय परम पाठकलाई काँकरभिट्टा भन्सारको चेकपोस्टमा जाँच गर्दा उक्त सुनसहित २० हजार अमेरिकी डलर (नेपाली रु ३० लाख ६५ हजार) र ८५ हजार ४१९ भारतीय रुपैयाँ (नेपाली रु एक लाख ३६ हजार ६५७) समेत बरामद गरिएको बताए।

पक्राउ परेका भारतीय नागरिकबाट सवारीचालक अनुमति, आधार कार्ड, भिभो मोबाइल, सामसुङ मोबाइल, हार्डडिस्क, सिम कार्ड, भिजा कार्ड र चेक बरामद भएको जनाइएको छ। ती व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको र आजै झापा जिल्ला अदालतमा पेस गरिने बताइएको छ।

पाठक भारतको पानीटंकीनाकाबाट सिटी सफारी चढेर नेपालतर्फ आउँदै गर्दा भन्सारको जाँच क्रममा पक्राउ परेका थिए। सशस्त्र प्रहरी टोली र मेची भन्सार कार्यालयका कर्मचारीहरूले शंका लागेर संयुक्त जाँच गर्दा भारतीय नागरिक पाठकले बोकेको कालो झोलाभित्र अवैध सुन र विदेशी मुद्रा फेलापरेको थियो।

प्रकाशित: ५ जेठ २०८३ १६:५३ | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast