प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

हिमाल प्रेस १२ जेठ २०८३ ६:१४ | Tuesday, May 26, 2026
18
SHARES
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बिहान ११ः०० बजे बस्दैछ। संसद् सचिवालयका अनुसार आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने र दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

संसद् सचिवालयका अनुसार ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरिने र ती विधेयकहरूलाई पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरिनेछ ।

 

प्रकाशित: १२ जेठ २०८३ ६:१४ | Tuesday, May 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast