भृकुटीमपण्डपमा हिरोको ‘अपग्रेड जात्रा’ सुरू हुँदै

हिमाल प्रेस ५ जेठ २०८३ २०:५८ | Tuesday, May 19, 2026
2
SHARE
भृकुटीमपण्डपमा हिरोको ‘अपग्रेड जात्रा’ सुरू हुँदै

काठमाडौँ- नेपालमा हिरोको आधिकारिक वितरक सीजी मोटर्सले काठमाडौँमा ‘हिरो अपग्रेड जात्रा’ आयोजना गर्ने भएको छ।

सीजी मोटर्सले बुधबारदेखि आगामी जेठ ११ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा ‘हिरो अपग्रेड जात्रा’ आयोजना गर्न लागेको हो।

यस अभियानमार्फत ग्राहकहरुले आकर्षक एक्सचेन्ज योजनासहित अत्याधुनिक हिरो मोटरसाइकल तथा स्कुटरमा अप्रगेड गर्ने विशेष अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ।

योजना अन्तर्गत प्रयोगकर्ताले पुराना मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा एक लाख रुपैयाँसम्मको नगद लाभ प्राप्त गर्न सक्नेछन् भने सवारी साधनको सही र उत्कृष्ट बजार मूल्य निर्धारण गर्न मेला स्थलमै २५ भन्दा बढी रिकन्डिसन हाउसका मूल्यांकनकर्ता उपलब्ध हुनेछन्।

कम्पनीले जनाएअनुसार तुरुन्तै सरल प्रक्रियाबाट फाइनान्सिङको सुविधा र तत्कालै एक्सचेन्जको व्यवस्था मिलाइएको छ। त्यस्तै नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्दा निश्चित मोडलहरूमा आवश्यक एसेसरिजहरू पूर्ण रुपमा निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।

 

प्रकाशित: ५ जेठ २०८३ २०:५८ | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast