हर्क साम्पाङद्वारा प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर विरोध

हिमाल प्रेस ५ जेठ २०८३ १३:४६ | Tuesday, May 19, 2026
18
SHARES
हर्क साम्पाङद्वारा प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर विरोध

काठमाडौँ- श्रम संस्कृृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मंगलबार पनि प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर विरोध जनाएका छन्।

मंगलबार बैठक सुरु हुनेबितिकै अध्यक्ष साम्पाङले पर्चासहित उठेर विरोध जनाएका थिए। उनले प्रतिनिधिसभाको नियमबमोजिम प्रधानमन्त्रीलगायत मन्त्रीहरुलाई संसदप्रति जवाफदेही बनाउनुपर्ने उल्लेख गरे।

साम्पाङले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले आफ्नो ध्यानाकर्षण भएको भन्दै बस्न आग्रह गरेका थिए।

यस विषयमा आफूले सचिवालयसँग कुरा गर्ने सभामुखले जनाएपछि संसदको कारबाही अघि बढेको थियो।

प्रकाशित: ५ जेठ २०८३ १३:४६ | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast