बाढीपहिरोका कारण अवरुद्ध पाँचवटा राजमार्ग सञ्चालन

हिमाल प्रेस २५ वैशाख २०८३ २०:४३ | Friday, May 8, 2026
12
SHARES
बाढीपहिरोका कारण अवरुद्ध पाँचवटा राजमार्ग सञ्चालन फाइल तस्बिर

काठमाडौँ– वैशाख २१ गतेदेखिको वर्षासँगैको आएको बाढीपहिरोका कारण अवरुद्ध भएका देशका विभिन्नका राजमार्गमध्ये पाँच वटा एकतर्फी रूपमा सञ्चालन भएका छन्।

बाढीपहिरोका कारण अवरुद्ध भएका भोजपुर नगरपालिका बोखिमको मध्यपहाडी लोकमार्ग, संखुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्तीस्थित कोशी राजमार्ग, म्याग्दीको अन्न्पूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड, लमजुङको मध्यनेपाल नगरपालिका–१० विमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग र तनहुँ आबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।

उनले भने, ‘बाढीपहिरोका कारण अवरुद्ध भएका पाँचवटा राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका छन्। वैशाख २१ गतेको अविरल वर्षाका कारण इलामको रोङ गाउँपालिका–६ सलकपुरस्थित ङखेप हुँदै झापा जाने भित्रि कच्ची सडक भने अहिले सम्म पूर्ण रूपमा अवरोध भएको छ।’

यसैगरी काभ्रेपलाञ्चोक खुर्कोट–नेपालथोक–कटुञ्जेबेसीस्थित बीपी राजमार्ग सडक खण्ड हुँदै सञ्चालन हुने सम्पूर्ण सवारी साधन सञ्चालनमा भने अर्को आदेश नभएसम्मका लागि रोक लगाइएको प्रहरीले जनाएको छ।

वर्षातको समयमा बाढीपहिरोको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालन भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

प्रकाशित: २५ वैशाख २०८३ २०:४३ | Friday, May 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast