पोखरामा कपडा पसलमा आगलागी, लाखौंका सामान नष्ट

हिमाल प्रेस २५ वैशाख २०८३ ५:५४ | Friday, May 8, 2026
6
SHARES
पोखरामा कपडा पसलमा आगलागी, लाखौंका सामान नष्ट फाइल तस्बिर

काठमाडौँ- पोखरा महानगरपालिका–१७ डेभिडफल्स नजिक सञ्चालित शिवप्रसाद श्रेष्ठको कपडा पसलमा आगलागी भएको छ।

पोखरा—७ रत्नचोकका ५८ वर्षीय श्रेष्ठको कपडा पसलमा आगलागी हुँदा लाखौंका सामान जलेर नष्ट भएका छन्।

सर्लाहीको गौडैता नगरपालिका–४ मोदियाही टोलका ४० वर्षीय राजु मण्डलको गोठमा आगलागी हुँदा करिब रु एक लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।

त्यस्तै भोजपुरको रामप्रसादराई गाउँपालिका–२ कटुन्जेका रत्नकुमार राईको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब रु चार लाख ३० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ।

काभ्रेको बनेपा नगरपालिका–१३ सुन्दबस्तीका ६५ वर्षीया सपनामाया नगरकोटीको घरमा आगलागी हुँदा करिब रु दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २५ वैशाख २०८३ ५:५४ | Friday, May 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast