बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड (पूर्णपाठ)

हिमाल प्रेस १५ जेठ २०८३ १८:०३ | Friday, May 29, 2026
24
SHARES
बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड (पूर्णपाठ)

काठमाडौँ- आगामी आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

शुक्रबार संसद्को संयुक्त बैठकमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त बजेट प्रस्तुत गर्दै विभिन्न शीर्षकमा विनियोजनको विवरण सार्वजनिक गरेका हुन्।

पूँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याइएको छ भने वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिएको छ। चालु खर्चका लागि १२ खर्ब ७० अर्ब छुट्याइएको छ।

राजस्व संकलन लक्ष्य १४ खर्ब ४ अर्ब रुपैयाँ राखिएको छ। त्यस्तै, वैदेशिक अनुदान ६१ अर्ब ७४ करोड र वैदेशिक ऋण २ खर्ब ४७ अर्ब हुने अनुमान गरिएको छ।

आन्तरिक ऋणमार्फत ४ खर्ब १० अर्ब रुपैयाँ जुटाइने सरकारको योजना छ।

प्रकाशित: १५ जेठ २०८३ १८:०३ | Friday, May 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast