बजेट : अर्थ मन्त्रालयले गर्‍यो विषयगत मन्त्रालयसँग छलफल

हिमाल प्रेस २२ वैशाख २०८३ १०:२६ | Tuesday, May 5, 2026
12
SHARES
बजेट : अर्थ मन्त्रालयले गर्‍यो विषयगत मन्त्रालयसँग छलफल

काठमाडौँ- अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीअन्तर्गत सोमबारदेखि मन्त्रालयगत बजेट छलफल सुरु गरेको छ।

नौवटा विषयगत मन्त्रालयहरूसँग आगामी आर्थिक वर्षको बजेट तयारीबारे छलफल भएको अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको सचिवालयले जनाएको छ।

गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग बजेटसम्बन्धी छलफल गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको नेतृत्वमा आयोजित छलफलमा अर्थ तथा राजस्व सचिव, बजेट लेखन समितिका संयोजक तथा सदस्य, बजेट तथा कार्यक्रम महाशाखा प्रमुखलगायत सम्बन्धित शाखा प्रमुखहरू सहभागी थिए।

जसमा  सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव तथा जिम्मेवार अधिकारीहरूसँग आगामी बजेटको खाका, नीति तथा कार्यक्रम, प्रस्तावित बजेट तथा स्रोत व्यवस्थापनका विषयमा छलफल गरिएको थियो।

बाँकी मन्त्रालयहरूसँगको बजेट छलफल मंगलबार हुने जनाइएको छ।

प्रकाशित: २२ वैशाख २०८३ १०:२६ | Tuesday, May 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast