बैंकहरूको ब्याज आम्दानी २.०९ प्रतिशतले वृद्धि

हिमाल प्रेस २२ वैशाख २०८३ ११:५५ | Tuesday, May 5, 2026
8
SHARES
बैंकहरूको ब्याज आम्दानी २.०९ प्रतिशतले वृद्धि

काठमाडौँ- आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा वाणिज्य बैंकहरूको ब्याज आम्दानी २.०९ प्रतिशतले बढेको छ।

‘ए’ वर्गका बैंकहरूको तेस्रो त्रैमासिक वित्तीय विवरणको अध्ययनअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म २० वाणिज्य बैंकहरूले १४२.६८ अर्ब रुपैयाँ ब्याज आम्दानी गरेका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो रकम १३९.७६ अर्ब रुपैयाँ थियो।

चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फको कर्जा विस्तार अघिल्लो वर्षको सोही अवधिको तुलनामा जम्मा ४.४ प्रतिशत मात्र बढेको छ। आव २०७७/७८ मा निजी क्षेत्रको कर्जा २० प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो।

वाणिज्य बैंकहरूको आम्दानीको सबैभन्दा ठूलो स्रोत ब्याज आम्दानी हो। खुद ब्याज आम्दानी भनेको बैंकहरूले ऋणी तथा सरकारी ऋणपत्रमा लगानीबाट आर्जन गर्ने ब्याज र निक्षेपकर्तालाई तिर्ने ब्याजबीचको अन्तर हो। उच्च खुद ब्याज आम्दानीले बैंकको मूल व्यवसाय सुदृढ रहेको संकेत गर्छ।

चालु आर्थिक वर्षको पहिलो नौ महिनामा वाणिज्य बैंकहरूले संयुक्त रूपमा ४९.२१ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ४१.२५ अर्ब रुपैयाँको तुलनामा १९.३ प्रतिशतले बढी हो।

खुद ब्याज आम्दानीका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ। उक्त बैंकले नौ महिनामा १२.४५ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। त्यसपछि ग्लोबल आइएमई र नेपाल इन्भेस्टमेन्ट मेगाले क्रमशः ११.८८ अर्ब र ९.५७ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन्।

त्यसैगरी, स्ट्यान्डर्ड चार्टर्डले समीक्षा अवधिमा २.९१ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी संकलन गरेको छ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले समीक्षा अवधिमा खुद ब्याज आम्दानीमा सबैभन्दा उच्च २२.५८ प्रतिशत वृद्धि गर्दै नौ महिनामा ८.७ अर्ब रुपैयाँ संकलन गरेको छ। सानिमा बैंकको खुद ब्याज आम्दानी २०.४८ प्रतिशतले वृद्धि भई ५.१६ अर्ब रुपैयाँ पुगेको छ। कुमारी बैंकले १७.८ प्रतिशत वृद्धि गर्दै ९.३ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

समीक्षा अवधिमा सात वाणिज्य बैंकहरूको खुद ब्याज आम्दानी घटेको छ। एनआईसी सबैभन्दा ठूलो २०.७८ प्रतिशत गिरावट भोग्दै ६.३ अर्ब रुपैयाँमा सीमित भएको छ। त्यसपछि हिमालयन बैंक र स्ट्यान्डर्ड चार्टर्डको खुद ब्याज आम्दानी क्रमशः ११.८७ प्रतिशत र १०.०६ प्रतिशतले घटेको छ।

वाणिज्य बैंकहरूको खुद ब्याज आम्दानी (तेस्रो त्रैमासिकसम्म)

क्र.सं. बैंक २०८२/८३ (रु ‘००० मा) २०८१/८२ (रु ‘००० मा) अन्तर (प्रतिशत)
नबिल बैंक १२,४५९,४०० १२,०५४,४२५ ३.३६
ग्लोबल आइएमई बैंक ११,८८४,४१३ १२,३१७,१९१ -३.५१
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ९,५७९,५५८ १०,३१४,९२६ -७.१३
कुमारी बैंक ९,३०२,२२२ ७,८९६,५५० १७.८०
राष्ट्रिय वाणिज्य बैंक ८,७०८,७३९ ७,१०४,४५८ २२.५८
लक्ष्मी सनराइज बैंक ७,८७६,२७९ ७,८९३,५७३ -०.२२
एनएमबी बैंक ७,३७८,०२२ ६,४९०,२८६ १३.६८
नेपाल बैंक ७,३१३,२०५ ७,१००,७५२ २.९९
प्रभु बैंक ७,१८१,९२४ ७,०८५,६७७ १.३६
१० प्राइम बैंक ६,८४१,२४२ ६,६६१,३८२ २.७०
११ एभरेस्ट बैंक ६,८३३,४७० ६,७४३,९५८ १.३३
१२ हिमालयन बैंक ६,८३२,१०० ७,७५२,४११ -११.८७
१३ कृषि विकास बैंक ६,६३४,४९४ ५,९९३,९८८ १०.६९
१४ सिद्धार्थ बैंक ६,५२८,८७४ ६,३३६,२०४ ३.०४
१५ एनआईसी एसिया बैंक ६,३०८,२५१ ७,९६२,५१९ -२०.७८
१६ सानिमा बैंक ५,१६०,०१६ ४,२८२,८६१ २०.४८
१७ सिटिजन्स बैंक ४,६७८,८५९ ४,७४८,९७६ -१.४८
१८ माछापुच्छ्रे बैंक ४,३९८,३५० ४,२५०,७३७ ३.४७
१९ नेपाल एसबीआई बैंक ३,८६९,४१५ ३,५३४,९५५ ९.४६
२० स्ट्यान्डर्ड चार्टर्ड बैंक २,९१४,७४२ ३,२४०,७७७ -१०.०६
जम्मा १४२,६८३,५७५ १३९,७६६,६०६ २.०९
प्रकाशित: २२ वैशाख २०८३ ११:५५ | Tuesday, May 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast