एसियाली खेलकुद महिला क्रिकेट छनोट : चीनसँग अन्तिम खेल खेल्दै नेपाल

हिमाल प्रेस १७ जेठ २०८३ ७:१० | Sunday, May 31, 2026
14
SHARES
एसियाली खेलकुद महिला क्रिकेट छनोट : चीनसँग अन्तिम खेल खेल्दै नेपाल

काठमाडौँ- एसियाली खेलकुद महिला क्रिकेट छनोटको अन्तिम खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज आइतबार चीनसँग खेल्दै छ।

एसियाली छनोटको तेस्रो स्थानका लागि हुने खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुनेछ। मलेसियाको वायोमास ओभलमा हुने तेस्रो स्थानको खेलमा नेपालले चीनलाई पराजित गरे एसियाली खेलकुदमा स्थान पक्का गर्नेछ। यो खेलमा हार भोगे नेपाली टोली एसियाली छनोटबाट बाहिरिने छ।

सेमिफाइनल खेलमा घरेलु टोली मलेसियासँग २ विकेटले पराजित भएपछि नेपाली टोलीले तेस्रो स्थानका लागि खेल्न लागेको हो।

समूह चरणमा नेपाल र चीन एकै समूहमा थिए। समूह चरणको खेलमा नेपालले चीनलाई १९ रनले हराएको थियो। छनोटको फाइनलमा स्थान बनाएका मलेसिया र थाइल्यान्ड एसियन गेम्सका लागि छनोट भइसकेका छन्।

 

प्रकाशित: १७ जेठ २०८३ ७:१० | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast