एसियाली खेलकुद छनोट : चीन ९२ रनमा समेटिदा नेपालको २२१ रनको जित

हिमाल प्रेस १७ जेठ २०८३ ११:०९ | Sunday, May 31, 2026
22
SHARES
एसियाली खेलकुद छनोट : चीन ९२ रनमा समेटिदा नेपालको २२१ रनको जित

काठमाडौँ- एसियाली खेलकुद छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले चीनविरुद्ध सानदार जित हासिल गरेको गरेको छ। आज (आइतबार) बिहान सिंगापुरको सिंगापुर नेसनल क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले चीनविरुद्ध २ सय २१ रनको फराकिलो जित दर्ता गरेको हो।

नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन ४ बलअगावै ९२ रनमा समेटियो। चीनलाई सस्तैमा रोक्न नेपालका लागि कुशल मल्लले ३ विकेट लिए। उनले १.२ ओभरमा १ मेडन राख्दै ३ विकेट लिएका हुन्।

सोमपाल कामी र सन्दीप लामिछानेले २र२ विकेट लिए। नन्दन यादवको नाममा १ विकेट रह्यो। सेनजियान झेङले बनाएको ३१ रन नै चीनका लागि सर्वाधिक रह्यो। डु जिनहाओले १७ र कप्तान टियान सेनक्वुनले १२ रन बनाए।

त्यसअघि चीनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा ३ सय १३ रनको योगफल तयार पारेको हो। टी २० आई इतिहासमा नेपालले दिएको यो दोस्रो ठूलो विशाल लक्ष्य हो। नेपालले यसअघि २०२३ मा हाङझाओमा भएको एसियाली खेलकुदमा मंगोलियाविरुद्ध निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३ सय १४ रन बनाएको थियो।

दोस्रो विकेटका लागि कुशल भुर्तेल र कुशल मल्लले १ सय ७५ रनको साझेदारी गरे। विस्फोटक ब्याटिङ गरेका ओपनर कुशल भुर्तेल १२९ रन बनाउँदै पेभेलियन फर्के। ४३ बलमा ५ चौका र १६ छक्का सहयोगमा १ सय २९ रन बनाएका कुशल डेङ जिंकीको बलमा क्याच आउट हुन पुगे। कुशलले ३५ बलमा ४ चौका र १२ छक्का सहयोगमा शतक पूरा गरेका थिए।

रोहित पौडेल १९ बलमा ५ चौका र ६ छक्का सहयोगमा ६९ रनमा अविजित रहे। कुशल मल्लले ४७ बलमा ८ चौका र ५ छक्का प्रहार सहयोगमा ८५ रनमा अविजित रहे।

 

प्रकाशित: १७ जेठ २०८३ ११:०९ | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast