ठमेलमा अश्लील क्रियाकलाप गरेर हैरानी दिने ९ विदेशी नागरिक पक्राउ

हिमाल प्रेस ७ जेठ २०८३ १७:३७ | Thursday, May 21, 2026
ठमेलमा अश्लील क्रियाकलाप गरेर हैरानी दिने ९ विदेशी नागरिक पक्राउ

काठमाडौँ- ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने ९ विदेशी नागरिक पक्राउ परेका छन्।

नेपाल प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका-२६ ठमेल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।

ठमेल क्षेत्रमा हिँड्ने पर्यटक तथा सर्वसाधारण पुरुषलाई बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख दिइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

प्रकाशित: ७ जेठ २०८३ १७:३७ | Thursday, May 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast